श्याम, कृष्ण, काली
ब्रम्हविदहरु उपनिषदमा भन्दछन यो जो छ त्यो त अवर्ण छ जसको वर्णन वेद पनि गर्न सक्नन् तै पनि यो मन उठी हिन्दछ हिमालको काखमा दुधधारासरी कञ्चन कल कल बग्दछन ऋचा गौ जननी पर्वत शिखर वात्सल्यता वत्स यो नाप्न खोज्दछ ब्रम्है पनि न कतै हिड्न दिशाको श्रुती न कतै केहि देखिहाल्ने अनुभुती छ त केवल कालो श्याम कृष्ण मेरी आमा म छु म मात्रै काली यद्यपी यो २ को अनुभव छ हरपल समय पनि बग्दछ बिना बातको ढलपल केही छैन र पनि छन् कृष्ण काली गौरी सरी स्तुती गरि शम्भु पशुपति