न्याय बिनाको बिधि शास्त्र र न्याय दिन नसक्ने बिधि शास्त्र
नेपाली भाषाको शुद्धाशुद्धी खासै नजाने पनि आफ्नै मात्री भाषामा लेख्ने अभ्यासको थालनीका लागी पनि यो लेखाइ केही काम आउने छ । हुन त म नेपाली भाषामा पढाइ हुने सरकारी लगानी रहेको विद्यालयमा नै पडेको हुँ । समाजको ज्ञान विशाल हुन्छ त्यसैले सरकारी विद्यालय पढ्ने स्वभावैले कम जान्ने या भनौं समाजको उपल्लो वर्गसँग पहुँच नभएको वा समाजको ज्ञानी वर्ग एवम धनी वर्गसँग सम्बन्ध नभएको भनि समाजले संग्रह नै गरेको ज्ञानलाई आत्मसाथ गर्दै लेखिएको यस लेखले बौद्धिक वर्गलाई नि खासै फरक नपर्ला भन्ने आशा सहित केही मनमा लागेका कौतुहलतालाई भविष्यका लागी साँच्ने प्रयास गर्दै छु ।
समाजको बौद्धिकतालाई जोड्नुको उद्देश्य चाँही, यो वर्ण को विकृत रुप जात परम्परा (चाहे त्यो मनु ले नै बसालेको किन नहोस) हुँदै अमानविय पानी चल्ने नचल्ने परम्परासम्म आएको समाजको उपल्लो बौद्धिक वर्गले अचेल संस्कृतमा लेखिएको र आफुले मात्र जान्न सक्ने भनि आँफैलाई स्वःघोषणा गरेको ज्ञान परम्परा (चेतनामा विकृत भैसकेको) त्यागी सकेको र अंग्रेजी मात्रै ज्ञानको स्रोत हुन सक्छ भनि मानि सकेको महशुस गर्ने म अचेल के चाँही रहेछ पुराना पानाहरुमा भनि खोजी गरे जस्तो नगरे जस्तो पनि गर्दै छु । यस खोजमा याज्ञवल्कय (अशुद्ध) को स्मृतिले धर्मको स्रोत मानेको न्याय (स्मृति आँफै अनेक मध्ये एक स्रोत रहेको ) भनेको के रहेछ भनि मनमा लागी रहँदा, यदाकदा सुनेको तिरहुत मा व्यवस्थीत भएको न्वय न्याय, न्याय भन्ने गहन बिषय र तर्क शास्त्रका उच्चतम शास्त्र लेखिएका रहेछन भन्ने जानकारी भयो । विधि शास्त्रको प्राकृतिक विद्यायलय को एउटा हाँगो ले तर्कबाट ल वा कानुन सम्म पुग्न सकिन्छ भनि मानेकोमा अनेकन विद्यालयहरुले त्यसलाई मान्न तयार छैनन् जस्तो लाग्छ । तर यो तर्क पनि पुर्विय र पश्चिमी रहेछ । जे एस मिल को तर्क को व्यवस्था का केही १०० पाना पढि थप नपढी नव्य न्याय मा पुगी त्यो पनि नपढी कता कता हराए पनि मलाई बहुतै रमाइलो लाग्न थालेको चाँही हामी कहा पनि तर्क शास्त्र रहेछ भन्ने नै हो । स्वः घोषितहरुले विकृत बनाएर जन्मको आधारमा वर्ण बनाइ साच्चैका विद्धानहरुको विराट क्षमता रोक्दै रोक्दै, अघि बढने चेष्टा नाश गरि एकै शक्ति व्यव्साथाको लालशामा हराएका अनेकन मध्ये न्याय र नव्य न्यायप नि एक विशाल रुख रहेछ । यस सभ्यतामा विकास भएका हरेक ले के बुझ्न जरुरी छ भने ब्रम्ह जानेर ब्राह्मण भइन्छ नकि बाउको ठेक्काको जागीर खाएर त्यसैले ति विकसीत भएका ब्राह्मणहरु प्रति सबैको सम्मान र अपनत्व हुँदा केही फरक नपर्ने भएकाले जस्को क्षमता छ उसले यसको विकास गरौं ।
अर्कौ चाँही न्याय सामान्य भाषमा बुझ्दा मनको वेगमा सामान्य मानि आएको चलन र कानुन अनुसार हुनुपर्ने कुरा नभएमा अन्याय हुने र अन्यथा न्याय हुने बुझाइ रहि आएको छ । सायद यो बुझाइ पनि तर्कसँग नै जोडिएको छ, तर्कले यसो हुन पर्ने भनि सामान्य चेतना भएका मान्छेहरुलाई लाग्ने कुरा न्यायसँगत लाग्ने र अन्यथा नलाग्ने हुदो हो । यदि नियम कानुन अधिकार कर्तव्य यावत अनि अनेकन जालझेल भनौं वा विशिष्ट ज्ञान (तर्क ले पुष्टी गरेसम्म) ले न्याय गर्न सक्दैन र खाली अनेकन विधिमा नै हराइ आफ्नो न्याय गर्ने धर्म नै विर्सेमा विधिशास्त्रको औचीत्यता पनि समाप्त हुन सक्दछ ।
Comments
Post a Comment